२०८३ असार १७ बुधबार

बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

खोटाङमा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

वराहपोखरी गाउँपालिका-२ का २० वर्षीय सन्तोष आलेमगर पक्राउ परेका हुन्।

उनलाई प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको हो।

आलेमगरविरूद्ध पुस २९ गते बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२०८० माघ १२, शुक्रबार प्रकाशित 1 Minute 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।