२०८३ असार १७ बुधबार

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । संविधानसभा सदस्य समेत रहेका इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध उजुरी दिएको थियो । विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड विगोसहित उनको नाममा रहेको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो । उनी विरुद्धको कसुर निर्धारणका लागि माघ २१ मा अर्को पेसी तोकिएको छ ।

२०८० माघ ७, आईतवार प्रकाशित 0 Minutes 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।