२०८१ असार ९ शनिबार

गौशाला-२६ भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ

काठमाडौं । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै  एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभाका केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्यूरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो। ब्यूरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्यूरो स्रोतले जनाएको छ। एक युवतीले उनीविरूद्ध साइबर ब्यूरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्। सेतोपाटी

२०८० माघ ३, बुधबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार