२०८३ असार १७ बुधबार

देउवा आफ्नै निवास बूढानीलकण्ठ सरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा सरेका छन् ।

सभापति देउवा बुधबार आफ्नै निवासमा सरेका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए ।

बूढानीलकण्ठस्थित निवास मर्मत सम्भार गर्नुपरेकाले देउवा भाडाको घरमा सरेका थिए । २०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोडेका थिए ।

घर निर्माणकार्य छ महिनामा सकिने भनिए पनि एकवर्ष बढी लागेको थियो । अनलाइन खबर

२०८० माघ ३, बुधबार प्रकाशित 0 Minutes 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।