२०८३ असार १७ बुधबार

नेपाल संवत् लेख्न ७५३ वटै स्थानीय तहलाई सरकारको पत्र

काठमाडौं : सरकारले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटर हेडसहितका कागजातमा नेपाल संवत् समावेश गर्न निर्देशन दिएको छ।

यससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिससलाई मंगलबार पत्राचार गरेको हो।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्थानीय तह र जिससलाई गरेका पत्राचारमा स्थानीय तहका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएकाले कार्यान्वयन गर्न पत्राचार गरेको  बताए।

मन्त्रिपरिषद्ले गत  कात्तिक २७ गते विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेको थियो। सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा  नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।

२०८० माघ ३, बुधबार प्रकाशित 0 Minutes 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।