२०८१ भाद्र २८ शुक्रबार

बलात्कृत बहिनीको न्यायका लागि आवाज उठाउँदा दाइको हत्या भएको प्रहरीको आशंका

काठमाडौं । सुर्खेतको पंचपुरी नगरपालिका- ६ कुवापानीस्थित घरनजिक मृत भेटिएका युवकको हत्या भएको खुलेको छ।

सोमबार राति उनी आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै मृत फेला परेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको प्रहरीले जनाएको छ।मंगलबार बिहान १ बजे घर नजिकै २१ वर्षीया युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानबाट ती युवकको हत्या भएको अनुमान गरेको हो। घटनास्थल पुगेकामध्ये एक प्रहरी अधिकारीले ती युवकको शरीरमा धारिलो हतियार प्रहार भएको बताएका छन्।

‘घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘उनको शरीरमा धारिलो हतियार प्रहार भएको छ, युवकको शव नजिकै बञ्चरो पनि फेला परेको छ।’

प्रहरीले घटनास्थलको मुचुल्का गरी युवकको शव पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ। हत्या भएको प्रारम्भिक अनुमानपछि प्रहरीले त्यसमा संलग्नहरूको खोजी समेत गरिररहेको छ। मंगलबार युवक मृत भेटिएको स्थानमा उनकी बहिनी घाइते फेला परेकी थिइन्।

दाजुको हत्या र बहिनी घाइते अवस्थामा भेटिएपछि प्रहरीले चार महिना अघिको बलात्कारको घटनासँग मंगलबारको घटना सम्बन्धित रहेको अनुमान गरेको छ। चार महिनाअघि असोजमा उनकी बहिनीमाथि बलात्कार भएको थियो।

बलात्कार आरोपी उनैका बाबु थिए। बाबुले बलात्कार गरेको घटना किशोरीले आफ्ना दाइलाई भनेकी थिइन् । त्यतिबेला दाइले नै प्रहरीलाई जाहेरी दिन बहिनीलाई सघाएका थिए।  किशोरीका दाइ र जिल्लाकै एउटा गैरसरकारी संस्थाको सहयोगमा कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाको जाहेरी दर्ता भएको थियो।

बहिनीको न्यायका लागि साथ दिएका कारण चार महिनापछि युवकको हत्या भएको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार उनका बाबु भारतमा बस्दै आएका थिए। घरमा दाजुबहिनीमात्र बस्थे। गत असोजमा भारतबाट घर आएका बाबुले त्यतिबेलै किशोरी छोरीमाथि बलात्कार गरेका थिए।

प्रहरीमा जाहेरी पुगेपछि भारत भागेका उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना प्रहरीले पाएको छ। उनैले किशोर छोराको हत्या गरेको अनुमान गरिएको छ। बुवा भने अझै फरार छन्। सेतोपाटी

२०८० माघ ३, बुधबार प्रकाशित 1 Minute 154 Views

ताजा समाचार