२०८३ असार १७ बुधबार

सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला

काठमाडौं । सुर्खेतमा एक जना युवक मृत फेला परेका छन्।

मंगलबार बिहान १ बजे पञ्चपुरी नगरपालिका–६ मा एक जना युवक मृत फेला परेको प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए।  मृतक सोही वडास्थित कुवापानी गाउँका १८ वर्षीय भरत बुढा हुन्।

उनी मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र थापा घटनास्थलमा पुगेका छन्।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली पनि झिकाइएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी

२०८० माघ २, मंगलवार प्रकाशित 0 Minutes 258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।