
काठमाडौं । सुर्खेतमा एक जना युवक मृत फेला परेका छन्।
मंगलबार बिहान १ बजे पञ्चपुरी नगरपालिका–६ मा एक जना युवक मृत फेला परेको प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए। मृतक सोही वडास्थित कुवापानी गाउँका १८ वर्षीय भरत बुढा हुन्।

उनी मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र थापा घटनास्थलमा पुगेका छन्।
अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली पनि झिकाइएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी
२०८० माघ २, मंगलवार प्रकाशित
0 Minutes
139 Views