२०८१ माघ ६ आईतवार

इमाडोलमा एक महिला इनारभित्र खसिन्, उद्धारको प्रयास जारी

काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् ।

इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् । ‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनुभएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने ।

उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ । अनलाइन खबर

२०८० माघ १, सोमबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार