
काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज पक्राउ गरेको छ।
उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
बाराको हलखोरिया जंगलमा तपस्या गरेपछि उनी चर्चामा आएका थिए। पछि उनी विवादमा फसेका थिए।

उनले आश्रममा याैन शाेषण गरेकाे लगायतका उजुरी परेकाले साेही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी श्रोतको भनाइ छ। विगतदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो। थाहाखबर
२०८० पुष २४, मंगलवार प्रकाशित
0 Minutes
215 Views