काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । कार्यकाल करिब सात महिना बाँकी हुँदै खनालले मंगलबार राजीनामा दिएका हुन् ।
खनालले राजीनामा दिएकोबारे बताए ।
खनाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
खनालको कार्यकालमा टेरामक्स र एमडीएमएस परियोजना आर्थिक अनियमितताको विवादमा परेका छन् । संसदीय समिति एवं छानबिन समितिले समेत टेरामक्स परियोजनामा अनियमितता भनेका छन् । विवाद बढेपछि उनले राजीनामा दिएका हुन् । बाह्रखरी
२०८० पुष २४, मंगलवार प्रकाशित
0 Minutes
132 Views