२०८३ असार १७ बुधबार

टेरामक्स र एमडीएमएसमा अनियमितताको विवादपछि प्राधिकरण अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । कार्यकाल करिब सात महिना बाँकी हुँदै खनालले मंगलबार राजीनामा दिएका हुन् ।

खनालले राजीनामा दिएकोबारे बताए ।

खनाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

खनालको कार्यकालमा टेरामक्स र एमडीएमएस परियोजना आर्थिक अनियमितताको विवादमा परेका छन् । संसदीय समिति एवं छानबिन समितिले समेत टेरामक्स परियोजनामा अनियमितता भनेका छन् । विवाद बढेपछि उनले राजीनामा दिएका हुन् । बाह्रखरी

२०८० पुष २४, मंगलवार प्रकाशित 0 Minutes 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।