सिटौला र कोइराला दुबै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । सिटौला झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुँदा कोइराला मोरङ २ मा नेकपा एमालेका ऋषिकेष पोखरेलसँग पराजित भएकी थिइन् ।
सूचीको अन्त्यमा नोट लेख्दै प्रदेश सभापति थापाले तीन वटा बुँदामा पूर्व महामन्त्री सिटौलाको योगदानको चर्चा गरेका छन् । शान्ति प्रक्रियामा उल्लेखनीय योगदान पुर्याएको, संविधान निर्माणमा मस्यौदा समितिको सभापति भएको र अरु पार्टीहसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने गरेको भन्दै लेखेका छन्, ‘….राष्ट्रियसभा सदस्य निर्वाचन २०८० को उम्मेदवार उठाउन उयपुक्त देखिन्छ ।’
कोशी प्रदेश सभापति थापा, सिटौला निकट हुन् । यद्यपि पछिल्लो समय मुख्यमन्त्री बन्ने क्रममा उनी संस्थापन समूहका ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुसँग पनि निकट भएका छन् । तर सिटौलाको साथ नछोडिसकेका उनले अहिले पूर्वमहामन्त्री सिटौलाको पक्षमा राय लेखेका हुन् ।
कांग्रेसको कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले पूर्वमहामन्त्री सिटौलाको योगदानको विषयमा सिफारिस पत्रको नोटमा लेखिएको स्वीकार गरे । अरुको चाहिँ योगदान छैन भन्ने प्रश्नमा उनले भने, ‘उहाँ एक नम्बरमा सिफारिस हुनु भएकाले उहाँको योगदानलाई उल्लेख गरिएको हो ।’
कोशी प्रदेशबाट कोशीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रमेशजंग रायमाझी (कांग्रेस) र विना पोखरेल (माओवादी केन्द्र) को पदावधि २० फागुनमा सकिँदैछ । त्यो सहित कुल १९ सिटमा ११ माघमा निर्वाचन तय भएको छ ।
गठबन्धन दलबीच उम्मेदवार छनोट गर्दा जुन पार्टी सदस्य रिक्त हुन्छ, त्यहाँ सोही पार्टीले उम्मेदवार उठाउने र अन्य पार्टीको रिक्त भएको स्थानमा भागवण्डा गर्ने सहमति छ । यो सहमतिअनुसार कोशीको खस आर्य/अन्य कोटाको सिटमा सत्ता गठबन्धनको उम्मेदवार कांग्रेसको हुने निश्चित जस्तै छ ।
कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी जम्मा ३६७ मतदाता छन् । प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१० छ नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ छ ।
एकीकृत समाजवादीको ३४५, जनता समाजवादीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार छ । सत्ता गठबन्धनको साझा उम्मेदवार हुँदा चुनाव जित्ने भएकाले पूर्वमहामन्त्री सिटौला राष्ट्रियसभामा जाने दौडमा छन् । अनलाइन खबरबाट
हेर्नुहोस् कांग्रेसको प्रदेश समिततिले पठाएको पत्र