२०८१ बैशाख २१ शुक्रबार

म पनि कुलतको नजिक पुगेको थिएँ

म कक्षा ७ मा पढथें । उमेरले १२/१३ वर्षको थिएँ । स्कुलको सबैभन्दा टाढाको विद्यार्थी भएकाले झण्डै डेढ घण्टा हिँडेर स्कुल पुगिन्थ्यो र त्यति नै समय हिँडेर स्कुलबाट घर पुगिन्थ्यो । छोराछोरीलाई पढाउनु पर्छ भन्ने बुवाको प्रबल इच्छा नभएको भए सायद यति टाढा पढ्न पठाउनु सजिलो थिएन । डाँस-स्थानीय ठाउँमा बक्राहा भनिने) खोलो कुङलिङ परेर घुमेको कारण एउटै खोलो बर्षाको समयमा तीन ठाउँमा तर्नु पथ्र्यो । पानी नपरेको अवस्थामा भने एक ठाउँमा तर्दा पुग्थ्यो ।

तत्कालीन अमरदह गाँउ पञ्चायतको वडा नम्वर ७ मा हाम्रो घर थियो त्यहाँबाट खोलो तरेपछि दर्वेसा गाउँ पञ्चायतको दोमना भन्ने सानो गाउँले बजारमा पुगिन्थ्यो । त्यहाँबाट बयरबन गाउँ पञ्चायतको हरकपुर भन्ने ठाउँमा स्कुल थियो र त्यहाँ जानका लागि अरु ५ जना साथी भेटिन्थे । साथीहरु मध्ये एकजना मभन्दा बढी उमेरका र नाताले दाजु थिए, दुई जना समकक्षी उमेरका र दुई जना जुनियर कक्षा ६मा पढथे । त्यसमध्ये एकजना केटी थिइन् । अरु सबैजना कक्षा ७ मा नै पढथ्यौं । आउँदाजाँदा एक घण्टासम्म सँगै हुन्थ्यौं । किशोर अवस्था सबैजना प्राय उटपट्याङ जस्ता कुरा गथ्र्यौं । बाटामा एउटा सानो पसल थियो । गोजीमा खाजा खाने पैसा प्राय हँुदैनथ्यो । कहिलेकाहीं आक्कलझुक्कल पैसा हुँदा शुरुशुरुमा सेता सितलु मिठाई र राता मिठाई किनेर बाँडेर खान्थ्यौं । ठुला मानिस त्यो पसलबाट चुर, बिडी र गैडा चुरोट किनेर खान्थे । हामी केटाकेटी मिठाई किन्थ्यौं । सायद हामीलाई पनि ठुलो हुने रहर भयो होला । एकदिन दाइले मिठाईको सट्टा बिडी किनेर खाए । हामीले पनि त्यसै गर्‍यौं । नगर भन्ने कोही भएनन् । त्यो बिडी किनेर खाएको दिन हामीले आपूmलाई ठुलो (बयस्क) भएको अनुभूति गर्‍यौं । गफ पनि ठूलाले जस्तै गर्ने गर्‍यौं, जस्तो ठूला मान्छेले घरव्यवहारमा गर्थे । केटी साथी नाम तारा थियो उनलाई हामीले केटीले खान हँुदैन भन्यौं । उनले आज्ञाकारी भएर मानिन् । समूहमा अब हामी उनलाई केटाकेटी भन्थ्यौं । हामी ठूला मानिस भएको अभिनय गथ्र्यौं । बेलाबेला ठट्टा हुन्थ्यो ।

त्यो शुरुको दिन थियो । त्यसपछि हामीले राता र सेता मिठाईको सट्टा पहिला बिँडी र पछि गैंडा चुरोट किनेर खान थाल्यौं । घरमा पैसा माग्न थाल्यौं । पालैपालो किन्थ्यौं सबैलाई बाँड्ने गथ्र्यौं । यसरी चुरोट खाँदा साच्चै ठूलो भएको जस्तो लाग्थ्यो । बाटामा देख्ने कुनै कुनै मानिसले केटाकेटीले सुर्ती खानु हँुदैन भन्थे । हामी उनीहरुका कुरालाई वास्ता गर्दैनथ्यौं । स्कुल र घरमा यो कुरा कसैले नभन्ने सल्लाह थियो । पाँच पैसामा दुई खिल्ली बिँडी आउँथ्यो । गैंडा चुरोटको एउटा खिल्लीलाई पाँच पैसा पथ्र्यो । याक चुरोटको दाम कहिल्यै सोधिएन । बिडी खान शुरु गरेका हामीले अलि पछि गैंडा चुरोट खान थाल्यौं ।

मलाई चुरोटभन्दा बिडी नै राम्रो लाग्यो । ओठले च्यापेर खाँदा थुकले भिजेर सुर्ती मुखमा पथ्र्यो त्यो मन पर्र्दैनथ्यो । त्यसैले मैले किन्ने पालो परेका दिन म पाँच पैसाको दुईवटा बिडी किनेर एकै पटक सल्काएर, दुई हातमा राखेर पालैपालो खान्थें अर्थात सर्को तानेर बुङ्ग धुँवा उडाउँथे । मैले पनि अरुकै जत्तिको खाएको । अरुभन्दा आपूm कम नभएको देखाउन मैले दुईवटा बिडीको सर्को एकै चोटी तानेको थिएँ ।

हामीले यो सबै रमाईलो र ठूलो मानिस भएको अभिनय गर्न गरेका थियौं । सधैभरि खाइरहने भन्ने थिएन । सायद हामी आपैmलाई पनि यो काम ठीक हो भन्ने लागेको थिएन । बिशेषगरी घर फर्कने बेलामा धुम्रपानको तलतलले तान्न थालेको आभास हुन थालेको थियो । त्यसपछि लौ अब कसैले पनि नखाने भनेर सल्लाह गर्‍यौं । दुई तिन दिन जति निकै तलतल लाग्यो । तर नखाने भनेर सल्लाह गरेको र सँगैको दाइको अलि डर लाग्ने भएकाले कसैले पनि देखेर खाएनौं । १०।१५ दिन पछि थाहा भयो २ जना साथीले त लुकिलुकी खाएछन् छोडन सकेनछन् । म भने यो कुलतबाट उम्किएको थिएँ ।

अर्कोपल्ट रक्सीको कुलतको एकदमै नजिक पुगेर फर्किएको छु । यो २०४० सालतिरको कुरा हो म २४/२५ वर्षको हुनुपर्छ । म व्यापारमा लागेको करिव २०३४/०३५ सालतिरैबाट हो । २०४० सालसम्ममा नेपाल बैंकबाट व्यापारका लागि कर्जा लिन शुरु गरेको थिएँ । कर्जा लिने क्रममा मेनेजर (भट्टराई थरका थिए) सँग बसेर अलि बाक्लै खानपिन गरियो । म बाहुनको छोरो भएकाले रक्सी खानु हँुदैन भन्ने कहिल्यैै लागेन बरु मैले खाएको कुरा अरुले पनि थाहा पाए हुन्छ भन्ने लाग्थ्यो । आक्कलझुक्कल अलि पहिल्यैबाट रक्सी, बियर कहिले जुराएर कहिले जुरेको खाने गरेको थिएँ । यो क्रम केही समय चलिरह्यो । एक पटक कस्तो संयोग पर्न गयो भने बनभोज, पार्टी, अलि बाक्लै भए ।

म माई खोलाको दोमुखामा भएको बनभोजमा सामेल भएँ । यहाँ मैले अलि बढी रमाइलो गरको अर्थात मातेको अनुभूति भएको थियो । यसले बिगार्छ कि क्या हो भन्ने लाग्न थालेको थियो । म काँकरभिट्टामा दिउँसो साधारण किराना पसल र साँझ अर्थात बेलुका आफ्नै जनसेवा लज चलाउँथे । म धेरै जसो लजमा नै सुत्ने बस्ने र होटलमै खाने गर्थे । यही सेरोफेरोमा एउटा साथी भाई जमेको ठाउँमा म पनि सामेल भएँ । यो होटल मेरो लजको नजिकै थियो । लजका ग्राहकलाई होटलमा खाना खुवाए वापत मैले खाना खाएको पैसा होटलमा तिर्नु पर्दैनथ्यो । बेलुका सबै काम सकिएकाले बसेर खाँदा पिउँदा खासै आपत्ति थिएन । पिउँदा पिउँदै अलि बढि नै मातिएछ । लज नजिकै भएकाले समस्या हँुदैन भन्ने लागि रहेको थियो । तर सय फिटभन्दा नजिकमा भएको सुत्ने ठाउँमा म पुग्न नसक्ने भएछु । लजको नजिकै खाली चउर थियो । त्यहाँ पुगेपछि मैले वान्ता गरें । म हिँड्न नसक्ने भएँ र त्यही सुतें । यो रातको १०/११ बजेको समय हुनुपर्छ । मेरो होस हराएको छैन । म उठेर छेउमै रहेको लजको आपूm सुत्ने ठाउँमा पुग्न कोशिस गरें तर सकिन । मलाई कसैले नदेखोस भन्ने मनमा लाग्यो । त्यसपछि निकैबेर त्यही चौरीमा सुतें । राति सायद एकदुई घण्टापछि अलि सहज भएकाले लरखराउँदै उठेर सुत्ने स्थानसम्म पुगें । बिहान बिउँझिदा जिउ भारी भएको थियो । आपैmसँग लाज लाग्यो । सीमा नाघेर पिएकोमा पश्चताप लाग्यो । मलाई देखेर गाली गर्ने कोही थिएनन् । तर समाजसँग, परिवारसँग मैले गल्ती गरेनी भन्ने लागि रह्यो । त्यो समयमा गाउँबजारमा मातेर हिँड्ने मान्छे हुन्थे । उनीहरुलाई समाजले हेर्ने दृष्टि मैले बुझेको थिएँ । मनमनै लाग्यो म बर्बादीको बाटोमा हिँडिरहेको छु र निकै पर पुगिसकेको छु । मैले मनमनै संकल्प गरें अब म सीमा नाघेर कहिल्यै खान्न । फेरी पनि मैले खाँदै खान्न भन्ने संकल्प गरिन । किनकि मलाई अन्तरमनदेखि नै यो पिउनै नहुने, छुनै नहुने, खानै नहुने चिज होइन भन्ने लागेको थियो । बरु सभ्यताको एउटा हिस्सा हो तर यसले खानु हँुदैन भन्ने आज पनि लागिरहन्छ ।
खाँदै नखानेभन्दा सीमा नाघेर नखाने संकल्प अलि कठिन थियो । उस्तै ठाउँमा बस्दा कतिपय मन मिल्ने साथीले अलिबढी कर गरेर पिउन बाध्य पार्ने गर्छन् । यस्तो बेलामा मेरो संकल्पको सीमा उल्लंघन हुने डर थियो । यी कतिपय कारणले यसलाई व्यवहारमा उतार्न मैले केही तरिका अपनाउने निधो गरें । आज पर्यन्त त्यो तरिका अपनाउने गर्छु । जस्तो मेरो कप वा ग्लास सधैँ पानी थपेर भरी पार्ने ताकि अरुले थप्नै नपाउन । यसो गर्दा रमाइलो पनि हुँदो रहेछ । संगै बसेका अरु साथीको मातेको अवस्था थाहा पाउन सकिने र कतिपय अवस्थामा रमाइलो पनि हुने हुन्छ ।

यो संकल्प पछि करिब ३५ वर्षमा मैले जम्मा दुई पटक मेरो यो संकल्प टुटेको छ । एक पटक एकजना मित्रले मेरो संकल्प थाहा पाएर कोकाकोलामा मिसाएर खुवाएछन् । उनले यो मन जितेर गरेका थिए । अर्को एक पटक मैले टार्न नसक्ने अवस्था आयो । एकजना बुद्धिष्ट धर्म मान्ने मित्रको छोराको दुर्घटनामा परी निधन भएको थियो । उनी मेरा छिमेकी थिए । छोराको शुध्याईँमा गएको बेला थियो । पहिले मेरो सीमा अनुसार मैले पिइसकेको थिएँ । पछि उनले देखेर एक बतल बियर मेरो तर्पmबाट भनेर कर गरेर थपिदिए । उनी दुःख एवम् शोकमा त थिए नै अलिअलि मातेका पनि थिए । यस्तो समय भएकाले मैले ठाडै इन्कार गर्न सकिन ।

मलाई पैसाको नसा कहिल्यै लागेन । तर धुम्रपान र मद्यपानको नसा लागि सकेको थियो । यद्यपि मैले सजिलै यसबाट आफुलाई मुक्त गरें । मेरो परिवेशका मलाई चिन्ने धेरै मानिसले त म रक्सी पनि पिउँछु भनेर सायद अनुमान नै गर्दैनन् जस्तो लाग्छ । एक पटक यस्तै संयोग परेको थियो । एउटा साथीको होटलमा कुनै राम्रो ब्राण्डको रक्सी खोलेर प्याकमा राखेर ग्राहकलाई दिँदै थिए मैले यसको मूल्य सोधेको थिएँ । उनले तपाईलाई पैसा लाग्दैन भने । मैले रक्सी मात्रै त खान मिल्दैन भने उनले एकप्लेट मासु पनि दिन्छु भने । उनी निकै मिल्ने र रमाइलो गर्ने साथी थिए । साँझ परेको समय थियो । म पनि के कम् । बसेर खाइदिए । उनी खुसी भए र भने तपाईले खानुहुन्छ भन्ने अनुमान गरेको थिइन ।

कतिपय मानिस कुलतमा परेकोमा पछुतो गर्छन् र छोड्न चाहेको तर नसकेको भन्छन् । मेरो विचारमा तिनीहरु कमजोर मनका मानिस हुन् । कुलतबाट छुटकारा पाउन आफ्नो संकल्प बलियो बनाउन मन बलियो चाहिन्छ । यतिभए खराव बानी वा कुलतबाट छुटकारा पाउन नसकिने भन्ने हुँदैहुँदैन ।

२०८० पुष ८, आईतवार प्रकाशित 1 Minute 709 Views

ताजा समाचार