काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।
शुक्रबार उनलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार रौनियारविरुद्ध बाँकेमा ठगीको मुद्दा दर्ता भएको छ । त्यसपछि पक्राउ पुर्जी जारी भएको थियो ।
“प्रहरी वृत्त नयाँ बानेश्वरले त्यही क्षेत्रबाट पक्राउ गरेको हो । उहाँविरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको छ,” कडायतले भने ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



