काठमाण्डौ / पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ ।
ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवं घाइते÷बिरामीको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मेहेलेमा गएको पहिरोमा परी निधन भएका दुई सर्वसाधारणको शव हेलिकप्टरबाट झापा पु¥याई आफन्तलाई बुझाइएको छ भने घाइते एक जनालाई पनि सोही हेलिकप्टरद्वारा आज उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।
ताप्लेजुङ, पाँचथर तथा सङ्खुवासभा जिल्लाका बाढी तथा पहिरो प्रभावित इलाकामा आज चौथो दिन पनि नेपाली सेनाका स्थानीय युनिटबाट परिचालित फौजका साथै अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



