२०८१ बैशाख २४ सोमबार

झापाको माई खोला किनारमा पुरुषको शव फेला, हत्याको आशंका

शिवसताक्षी । शिवसताक्षी नगरपालिका–१० स्थित टेक्रामा एक पुरुषको शव फेला परेको छ । कनकाई माई नदी किनारमा रहेको काँस घारीभित्र अन्दाजी ४५/५० वर्ष उमेरको पुरुषको शव फेला परेको झापा प्रहरीले जनाएको छ । पुरुषको हत्यापछि त्यहाँ पुर्याएको फालेको हुन सक्ने बुझिएको छ । शवको पहिचान खुलेको छैन ।

उत्तानो परेको अवस्थामा शव फेला परेको छ, घटनास्थलमा खटिएका एक प्रहरीले भने – ‘हामीले घटनास्थल सुरक्षित गरेर राखेका छौं ।’ सुरुङाका एक पुरुष समेत हराइरहेकोले उहाँहरुको परिवारलाई समेत बोलाइएको छ, प्रहरीले भने ।
फेला परेको शवमा चोटपटक समेत देखिएको छ । घटनास्थलमा खटिएका प्रहरीले भने, अहिले हामी बोल्न मिल्दैन, प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइने नै छ । घटनास्थलमा इलाका प्रहरीका झिलझिले र बिर्तामोडका डिएसपी खटिएका छन् । प्रहरीलाई ४ बजे शव फेला परेको सूचना पुगेको थियो ।

२०७९ पुष ७, बिहीबार प्रकाशित 0 Minutes 363 Views

ताजा समाचार