२०८१ बैशाख १७ सोमबार

पाहुना टोली एभिनियर धरानमा जारी २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

पाहुना टोली एभिनियर फुटबल क्लब क्याम्ब्रुन धरानमा जारी २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको खेलमा बागमती युवा क्लव सर्लाहीलाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर सेमिफाइनलमा पुगेको हो । एभिनियरका लागि सब्बा अलीले १४औँ मिनेटमा निर्णयक गोल गरे ।

उनले हेडिङमार्फत उत्कृष्ट गोल गरेका हुन् । प्रतियोगितामा बागमती युवा क्लबका खेलाडी आयुस राना म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १० हजारसहित प्रमाणपत्र पदान गरिएको थियो । सोमबार हुने तेस्रो क्वाटर फाइनलमा केएफटिसी झापा र विभागीय टिम नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । आठ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख रुपैयाँ प्रदान गरिनेछ ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 203 Views

ताजा समाचार