२०८१ बैशाख १५ शनिबार

बाह्रदशीमा हात्तीको आक्रमणबाट भुजेलको मृत्यु, हात्तीले अझै दिएन लाश उठाउन

झापा । जंगली हात्तीका कारण बाह्रदशी गाउँपालिका-१ का ३७ वर्षिय जगतबहादुर भुजेलको लाश अझैसम्म उठाउन सकिएको छैन । मंगलबार दिउँसो कचनकवल गाउँपालिका-१ स्थित पश्चिम देउराली चारकोसे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा भुजेललाई वनसंग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । वरपर ३–४ वटाको संख्यामा हात्ती भएका कारण लाश उठाउन जान नसकिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । ‘छेउछाउमा ३–४ वटाको संख्यामा हात्ती भएका कारण लाश भएको ठाउँमा जान सकिएको छैन’उनले भने ‘हात्ती धपाउने प्रयास भइरहेको छ ।’ घटना भएको चार घण्टा बितिसकेको छ ।

साइरन बजाएर हात्ती धपाउन बन डिभिजन कार्यालयलाई आग्रह गरिएको उनले जानकारी दिए । अप्ठ्यारो ठाउँमा घटना भएकाले जान समस्या रहेको डीएसपी पाठकले बताए । झापामा यस वर्षको ९ महिनामा हात्तीको आक्रमणमा परी चारजनाको मृत्यु भइसकेको छ ।

२०७९ पुष ५, मंगलवार प्रकाशित 1 Minute 556 Views

ताजा समाचार