२०८३ असार १७ बुधबार

रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक बस्दैँछ ।

पार्टी स्थापना दिवसको अवसरमा आज सो पार्टीको केन्द्रिय समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ ।

बिहिवार बसेको केन्द्रिय सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारा तय गर्दै तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।

असार ७ गते बिहान ९ बजे पार्टीले यस्तो नारा तथा कार्यक्रमसहित तेस्रो स्थापना दिवस मनाउने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सचिवालय बैठकले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशनकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार रास्वपाले महाधिवेशन सारेर फागुनमा पुर्‍याएको छ।न्युज अफ नेपाल

२०८२ असार ७, शनिबार प्रकाशित 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।