२०८२ जेष्ठ ३२ शनिबार

बङ्गलादेशमा विद्युत् निर्यातको तयारी पूरा

काठमाडौँ, जेठ ३० गते । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न आवश्यक तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो ।

प्राधिकरण प्रवक्ताा तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि प्रतीतपत्र पेस गरिसकेको छ । विद्युत् निर्यात भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत हुने भएकाले भारतको नेसनल लोड डिस्प्याच सेन्टरसँग नेपाल र बङ्गलादेशका अधिकारीबिच छलफल भएर विद्युत् प्रवाहको प्राविधिक तयारी पनि पूरा भइसकेको छ । “बङ्गलादेश विद्युत् निर्यातका लागि आवश्यक पूर्वतयारीका काम सबै भइसकेका छन्,” ढकालले भन्नुभयो, “असार १ गतेदेखि दैनिक ४० मेगावाट विद्युत् भरत हुँदै बङ्गलादेश निर्यात हुने छ ।”

गोरखापत्र अनलाइन

२०८२ जेष्ठ ३१, शुक्रबार प्रकाशित 0 Minutes 14 Views

ताजा समाचार