२०८३ असार १७ बुधबार

गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमणः २८ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं- इजरायली हवाई आक्रमणमा गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा २८ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।

स्थानीयका अनुसार इजरायली लडाकु विमानहरूले एकैपटक अस्पतालमा छवटा बम खसालेर अस्पताल र वरपरको क्षेत्र निशाना बनाएका थिए । तर इजरायली सेनाले भने हमास आतङ्ककारीहरूलाई लक्षित गरी प्रहार गरिएको बताएको छ ।

बीबीसीका लागि गाजामा काम गरिरहेका स्वतन्त्र पत्रकार पनि यो हमलामा घाइते भएका छन्, तर अहिले उपचारपछि उनको अवस्था सामान्य अवस्थामा छ।

स्थानीय स्रोतहरूका अनुसार मृतक र घाइतेहरूलाई खान युनिसको नासेर अस्पताल लगिएको छ । अर्को आक्रमणमा नासेर अस्पतालको आपतकालीन कक्ष पनि क्षतिग्रस्त भएको बताइएको छ । जहाँ एक प्रसिद्ध प्यालेस्टाइनी फोटो पत्रकारको पनि मृत्यु भएको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख ३१, बुधबार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।