केआइइसीको भोली बिर्तामोडमा रोड शो

बिर्तामोड । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको काठमाडौँ इन्फोसिस एजुकेशन कन्सल्टेन्सी (केआइइसी) बिर्तामोड शाखाले आइतवार (भोली) रोड शो गर्दैछ ।

केआइइसी बिर्तामोड शाखाले थापा मार्केटको तेस्रो तलामा रोड शो गर्न लागेको हो । विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनार गर्न लागिएको शाखाका प्रबन्ध निर्देशक निरज पौडेलले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि विदेश जान चाहने इच्छुक विद्यार्थीलाई रोड शो कार्यक्रममा उचित शैक्षिक परामर्श दिइनेछ । त्यसका लागि काठमाडौँबाट काउन्सिलरहरु बिर्तामोड आएका छन् ।

केआइइसीले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्शसहित अष्टे्रलिया, क्यानडा, अमेरिका, युके, युरोप मुलुक पठाउने गरेको छ । बिर्तामोड शाखाले विगत चार वर्षदेखि यो सेवा दिँदै आएका छ । अहिलेसम्म २ सयजना भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश पठाइसकिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।