२०८१ बैशाख १७ सोमबार

झापाको मेचीनगर–९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

झापाको मेचीनगर–९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मेचीनगर ९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

मेचीनगर ९ नम्बर वडा कार्यालय अन्तरगतको खेलकुद विकास समितिका संयोजक एवम् वडा सदस्य राजन खड्काले यहि माघ २७ गतेदेखि फागुन ७ गतेसम्म प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए। प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र गरी ९ टिमबीच सहभागीता रहने छ ।

प्रतियोगिताका विजेतालाई नगद ४० हजार र उपविजेतालाई २५ हजार राशिसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने समितिका सचिव तथा कार्यक्रम सञ्चालक राजु धिमालले बताए ।प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताका लागि समितिलाई एक लाख ५० हजारको वजेट छुट्टाइएको पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कञ्चनकुमार तामाङले बताएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव दुई लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति जानकारी गराएको थियो । कार्यक्रममा मेचीनगर– ९ का वडा सदस्य धनमुमार श्रेष्ठ, सुष्मा कार्की ढोलि, करुणा राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।

२०७९ माघ २५, बुधबार प्रकाशित 0 Minutes 199 Views

ताजा समाचार