
काँकरभिट्टा। नेकपा(एमाले)झापाका नेता तथा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाका अध्यक्ष डिल्लीराम घिमिरे मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
चन्द्रगढी जाने क्रममा मेचीनगर–७, सतिघट्टा चोक स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका हुन् ।

ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका अनुसार विहान पाउने १२ बजे चन्द्रगढी जाने क्रममा सतिघट्टाको भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा चोट लागेकोले तत्काल धुलाबारीको मेची आम्दा अस्पतालमा लगिएको थियो ।
अहिले उनको उपचार बिर्तामोड स्थित बीएण्डसी अस्पताल भईरहको नेकपा(एमाले)मेचीनगरका अध्यक्ष राजु कार्कीले बताए ।कार्कीका अनुसार घिमिरेको टाउकोमा चोट लागेको छ ।सघन उपचार कक्षमा उनको उपचार भईरहेको कार्कीले बताए ।