२०८२ बैशाख ३ बुधबार

हरि दाइकाे खबर पत्रिका माेह: २५ वर्ष देखि पत्रिका वितरण

झापा/ झापाको बुधबारेमा ‘पेपरवाला’ भनेर चिनिएका हरि घिमिरे( दाइ ) विगत २५ वर्षदेखि पत्रिका वितरणलाई व्यवसायीक रूपमा लागेका छन्। ०५६ सालदेखि पत्रिका वितरण गरेका उनी अहिले पनि बुधबारेमा पत्रिका नै बाँढिरहेका छन् । चोकमा चिया पसलसमेत चलाइरहेका घिमिरेले पत्रिकासँगको संघर्ष र उपलब्धीका बारेमा नजिकका साथीभाईहरुलाई आफ्ना अनुभव सुनाउँने गरेका छन्।

बुद्धशान्ति गाउँपालिकामा पत्रिका पुराउन पुगेको बेला भेटिएका घिमिरेले पत्रिकाबाट धेरै प्रगति गरेको बताउँछन् । सुरुवातमा बिर्तामोडसम्म साइकलमा आएर पत्रिका लिएर जाने घिमिरे अहिले बुधबारे नै पुराइएको पत्रिका बाँढिरहेका छन् । ग्राहकहरु पेपरवालाको पर्खाईमा हुन्छन्, स्थानीय पत्रकार तीर्थ तिम्सिना भन्छन्, उहाँनै बुधबारेको पुरोनो वितरक हो। घिमिरे दाई नपुगेसम्म खवर पुग्दैन थियो, अहिले डिजिटल मिडियाले उहाँको बजार पनि घटाउदै गएको छ ।

कान्तिपुर, ब्लाष्ट, जनसंसद् बोकेर बिर्तामोडदेखि बुधबारेसम्म बेच्दै जाने घिमिरे अहिले पत्रिका लिन बाहिर जानु नपरेको बताउँछन। पहिले बिर्तामोडमा पत्रिका किनेर बेच्दै बेच्दै बुधबारे आउँथे, उनी भन्छन् त्यो बेला अघिल्लो दिनको पत्रिका बाँढिन्थ्यो। अहिले त आजकै पत्रिका बाँढिन्छ ।

गोरखापत्र, कान्तिपुर साप्ताहिक लगायत अन्य पत्रिका बोकेर बिर्तामोड–धाइजन–बुधबारे–सुनमाई–भोटेटारसम्म पुग्ने उनी पछिल्लो समय युट्युव र फेसबुकले मान्छेको ध्यान तानेको बताउँछन् । घिमिरे भन्छन्, पत्रिकाको जस्तो खवर युट्युवमा पाइदैन । फेसबुकमा पाइदैन । पत्रिकाको समाचारलाई धेरै मान्छेले विश्वास गर्ने उनको दावी छ ।

वर्षीदेखि पत्रिका वितरणमा क्रियाशिल उनलाई भर्खरै बुद्धशान्ति प्रेस क्लवले समेत सम्मानित गरेको छ। पत्रिका वितरण गरेरै २ छोरालाई पढाए, उनीले भन्छन्,– पत्रिका बेचेरै छोरा पढाएं, घर चलाए । चिया पसलको पनि आम्दानी हुन्थ्यो । अहिले एउटा छोरा अमेरिका पढिरहेको छ। आफुले नसक्दा पत्रिका बेच्न सहयोग गर्ने छोरा अमेरिका पुगेको जानकारी दिदै उनले भने – छोराले पैसा पठाएपछि २ तले घर पनि बनाइसके ।

विगत सम्झिदै उनी भन्छन्, झापाका पुराना पत्रकार धेरै पत्रकारलाई चिन्दछु । विवेचना पनि बाँढिदिनु भनेपछि ६० वटा बाँढिदिए । घिमिरेले खबर पत्रिका बाडेर नै तेस क्षेत्रका नागरिक संग आफ्नाे पहिचान बनाएका छन् ।

२०८२ बैशाख २, मंगलवार प्रकाशित 0 Minutes 60 Views

ताजा समाचार