२०८२ बैशाख १३ शनिबार

शिक्षक महासंघ र सरकारबीच केही बेरमा बार्ता हुदैँ

न्युज अफ नेपाल

काठमाडौं ।

सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने भएको छ । शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् ।

पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेकोसमेत उल्लेख गरेको छ ।

हिजो दिउँसो ३ः०० बजे हुने भनिएको वार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू वार्ता नगरी फर्किएका थिए ।

मन्त्रालय आफैँले शिक्षकहरूको वार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति दिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको वार्ता भाँडिन पुगेको थियो ।

तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले वार्ता गर्न तयार भएपछि आज बिहान वार्ता हुन लागेको हो ।गोरखापत्र दैनिकमा खबर छ ।

२०८२ बैशाख १३, शनिबार प्रकाशित 0 Minutes 12 Views

ताजा समाचार