२०८३ असार १७ बुधबार

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रममा नपर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रममा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डले आग्रह गरेको छ ।

बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनाधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ ।

बोर्डले सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखि अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साईवर कानुनअनुसार आवश्यक कारवाहीका लागि प्रकृया अगाडि बढाइएको बोर्डले विज्ञप्तीमार्फत जनाएको छ । बोर्डको वेभसाईटमार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य श्रोतबाट प्रवाह भएका कुनै पनि सूचनामा भर नपर्न अनुरोधसमेत गरेको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख ६, शनिबार प्रकाशित 1 Minute 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।