२०८३ असार १७ बुधबार

जाजरकोटको पैँक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

जाजरकोट , वैशाख २ गते । जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ।

पहिलो भूकम्प २०८२ साल वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४.१ म्यागनिच्युट मापन गरिएको छ।

यसैगरी, दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा गएको हो। केन्द्रका अनुसार यस भूकम्पको परिमाण ४.४ मापन गरिएको छ।

लगातार दुई दिनमा गएको यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

गोरखापत्र अनलाइन

२०८२ बैशाख २, मंगलवार प्रकाशित 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।