२०८३ असार १७ बुधबार

बिस्का जात्रा मनाउने क्रममा रथले किचेर एक जनाको मृत्यु

भक्तपुर- भक्तपुरमा बिस्का जात्राको क्रममा रथले किचेर एक जनाको मृत्यु भएको छ । भैलखको रथ तान्ने क्रममा रथले किचेको हो ।

जीऊमाथि नै रथले किचेका कारण अन्दाजी वर्ष ३६ का सुशिल तमखूको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं ४ निवासी उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८, सिपाडोल इटबू बस्दै आएका थिए ।

बिस्का जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो लिङ्गो ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको थियो । तमखूको शरीरको बीच भागमा रथले किच्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख १, सोमबार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।