‘लप्पन छप्पन २’ फागुन १३ मा रिलिज हुने

काठमाडौं । मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज मिति सार्वजनिक भएको छ । कोरोनाले पटक-पटक रिलिज मिति सरेको यो फिल्म अब आगामी फागुन १३ रिलिज हुने पक्का भएको छ ।

एक्सन जनरामा बनेको यस फिल्मलाई आगामी शिवरात्रीको अवसरमा रिलिज गर्ने लागेको निर्देशक मुकुन्द भट्टले जानकारी दिए ।

फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

‘लप्पन छप्पन२’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चानियाँ गरी ६ भाषामा रिलिज हुनेछ ।

प्रशासनले उपत्यकाका ५० प्रतिशत अकुपेन्सीमा हल खुल्न दिने निर्णय गरेसँगै अहिले फिल्म निर्माता तथा निर्देशकहरुले रिलिज मिति घोषणा गरिरहेका छन् ।