माया खोलाको ढिकमा किसानले फलाएको खुर्सानी । तस्बिरः सन्तोष दहित
सन्तोष दहित

दाङ, चैत १८ गते । दाङको दङ्गीशरण –३ स्थित माया खोलाको ढिकमा किसानहरूले रोपेको खुर्सानी लटरम्म फलेको छ । दङ्गीशरण वडा नम्बर ३ हेकुलीकी सुरमानी चौधरीले माया खोलाको ढिकमा रहेको एेलानी जग्गामा लटरम्म खुर्सानी फलाउनुभएको हो ।
वर्षातको समयमा उक्त जग्गा खोलाले डुबान गर्ने भएकाले हिउँदको समयमा खुर्सानी रोप्ने गरेको उहाँले बताउनुभयो । उहाँले करिब दुई कठ्ठामा खुर्सानीसहित बोडी, भेन्दी, करेला र प्याज खेती गर्नुभएको छ । खुर्सानी बेचेर घरखर्च चलाउँदै आएको उहाँले बताउनुभयो ।
यस्तै, सोही ठाउँमा छिमेकी शोभाकर चौधरी, खुशीराम चौधरी, सुल्फी चौधरीलगायतले लटरम्म खुर्सानी फलाउनुभएको छ । माया खोलामा बाह्रै महिना पानीको सिँचाइ हुने भएकाले स्थानीहरूको खोलाको छेउछाउमा सयौं किसानले तरकारी खेतीबाट लाभ लिनुभएको छ ।
माया खोलामा हिउँदमा बाँध बाँधेर किसानहरूले तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दैआएको दङ्गीशारण गाउँपालिकाका निवर्तमान अध्य्यक्ष भागीराम चौधरीले बताउनुभयो ।गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



