पूर्वी सीमानाका खुलाउन व्यवसायीको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मेचीनगर । मेचीनगरका एकदर्जनबढि संघ संस्थाले नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

केहीदिनअघि झापाको मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले पूर्वी काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रकै व्यहोरामा आइतबार नगरभरिका व्यवसायीहरुले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

होटल व्यवसायी महासंघका केन्द्रीय सचिव राजु अधिकारी नेतृत्वको टोलीले प्रवक्ता शर्माको निवास धुलाबारीमा पुगेर नेपाल प्रवेशको पूर्वीनाका काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं शर्मा मार्फत ज्ञापन पत्र बुझाएका हो ।

होटल व्यवसायी महासंघका केन्द्रिय सचिव अधिकारी, संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यापार संघका मेचीनगर अध्यक्ष भुपाल शिवाकोटी, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा ट्राभल संघका अध्यक्ष निरबहुदर कार्की (नेत्र), साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, पूर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, सुनौलो यातायात प्रालिका अध्यक्ष भुपाल ओली, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष हरि निरौला, नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष विजय सुवेदी, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालिका अध्यक्ष गणेश चौहान, नेपाल यातायात मजदुर संघका अध्यक्ष बिशाल तामाङ, राष्ट्रिय उद्योग व्यापार महासंघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ र काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिका सचिव हस्तकुमार तामाङलगायतले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।