२०८१ बैशाख १७ सोमबार

चारआलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

झापा । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला रोङ गाउँपालिका- ६  की २३ वर्षीया उषा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका- १३ मा आइतबार राती साढे ८ बजे ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार राई गम्भीर घाइते भएकी थिइन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक पाँचथर मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

२०७९ पुष ४, सोमबार प्रकाशित 1 Minute 409 Views

ताजा समाचार