२०८३ असार १७ बुधबार

झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या

काठमाडौं । झापामा हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–५, फूलबारीका २६ वर्षीय मानकुमार राजवंशी छन् ।

सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार राति राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार, पुरानो रिसइबीका कारण उनीहरूबीच विवाद भएको थियो । त्यसक्रममा राजवंशीले फलामको रड प्रहार गर्दा छिमेकी माझी गम्भीर घाइते भएका थिए । उपचारका निम्ति माझीलाई बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

त्यसपछि खटिएको प्रहरी टोलीले राजवंशीलाई उक्त फलामको रडसहित नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिँदै छ ।

२०८१ मंसिर २, आईतवार प्रकाशित 0 Minutes 427 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।