२०८३ असार १७ बुधबार

सन्दीप लामिछानेविरुद्ध गौशाला-२६ पुनरावेदन नजाने

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा गौशाला-२६ पुनरावेदन नजाने भएकी छिन् । जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

उच्चमा मुद्दा हारेकी गौशाला-२६ पुनरावेदन नजाने भएसँगै लामिछानेको यो मुद्दा लगभग टुंगिएको छ । उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठ आइसकेको छ । पूर्णपाठ आएपछि गौशाला-२६ पुनरावेदन जाने अपेक्षाविपरीत नजाने निर्णयमा पुगेकी हुन् ।

गौशाला-२६ ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा आफ्नो मुद्दा पुनरावेदन नगर्न भन्दै निवेदन दिएकी छिन् । उनले निवेदन दिए पनि सरकारी वकिल कार्यालय भने पुनरावेदन जान पाउँछ । तर, पीडित भनिएकी गौशाला-२६ ले नै पुनरावेदन नगर्ने भनेपछि अब यो मुद्दा कमजोर बनेको छ । यद्यपि, जिल्ला सरकारी वकिल कार्यालय पुनरावेदन जाने वा नजाने भन्ने निर्णयमा पुगिसकेको छैन ।

उता लामिछाने फ्रेन्चाइज क्रिकेट खेल्न हाल क्यानडा पुगेका छन् ।

२०८१ श्रावण ११, शुक्रबार प्रकाशित 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।