२०८३ असार १७ बुधबार

उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

२०८१ श्रावण ९, बुधबार प्रकाशित 0 Minutes 282 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।