२०८३ असार १७ बुधबार

त्रिशूलीमा बस बेपत्ता अपडेट : १९ जनाको शव फेला, १४ शव आफन्तले बुझे

चितवनको सिमलताल पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएकामध्ये आजसम्म १९ यात्रुको शव फेला परेको छ।  चितवन प्रहरीका अनुसार फेला परेका मध्ये १४ शव आफन्तले बुझेर लगेका छन्। आजमात्रै २ शव फेला परेको छ।

एउटा शव भरतपुरको सालवासमा फेला परेको र एउटा शव नवलपरासीपूर्वको विनय त्रिवेणी गाउँपालिकास्थित नेपाल भारतको सीमाक्षेत्रमा फेला परेको हो।  तीन शव सरकारी अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

गत असार २८ गते सिमलताल पहिरोमा बगेका दुई बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। बस अझै अज्ञात छ। बसमा ६५ जना यात्रु रहेको बताइएको छ। अझै ४६ यात्रुको अवस्था पत्ता लागेको छैन।

२०८१ श्रावण ३, बिहीबार प्रकाशित 0 Minutes 312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।