२०८३ असार १७ बुधबार

पहिरो र बाढीले नेपाल–चीन सीमामा १३० यात्रु फसे

बेइजिङ । नेपाल र चीनको सीमामा निरन्तर वर्षाका कारण पहिरो र बाढीले १३० जनाभन्दा बढी मानिस फसेका छन् । फस्नेमा पर्यटक समेत छन् ।

तिब्बतको नेपालसँगको सीमावर्ती क्षेत्रमा उद्धार अपरेसनका क्रममा ३४२ जनालाई अहिलेसम्म अन्यत्र लगिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

आइतबारदेखि निरन्तरको वर्षाका कारण तिब्बती दूर्गम सहर झेन्टाङका सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बिहीबारदेखि आएको आँधीले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ । रोयटर्स

२०८१ असार २६, बुधबार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।