२०८३ असार १७ बुधबार

धिमाल जातिको पर्वमा बिदा दिने कोशी सरकारको निर्णय

कोशी प्रदेश सरकारले धिमाल जातिको प्रमुख पर्वका अवसरमा आइतबार बिदा दिन निर्णय गरेको छ।  प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले धिमालका लागि मात्रै बिदा दिने निर्णय लिएको हो। धिमाल जातिले आफ्नो प्रमुख पर्व जातिरी/सिरिजात मनाउँदै छन्। पर्वका अवसरमा प्रदेशभरिका धिमाललाई लक्षित गरी बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताए।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२-२०८५/०८६) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको जानकारी अधिकारीले दिए। उनका अनुसार प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१/०८२ को बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

२०८१ असार १, शनिबार प्रकाशित 1 Minute 379 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।