२०८३ असार १७ बुधबार

ललितपुरमा एक जर्मन महिला मृत फेला

काठमाडौं । ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन्।

सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।  महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।

अहिले ललितपुरका एसएसपी शेखर खनाल अनुसन्धानका लागि घटनास्थलमा जाँदैछन्। यस्तै एसपी कार्की पनि घटनास्थल जाँदैछन्। महिलाको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। सेतोपाटी

२०८० माघ १५, सोमबार प्रकाशित 0 Minutes 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।