२०८२ जेष्ठ २ बिहीबार

ललितपुरमा एक जर्मन महिला मृत फेला

काठमाडौं । ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन्।

सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।  महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।

अहिले ललितपुरका एसएसपी शेखर खनाल अनुसन्धानका लागि घटनास्थलमा जाँदैछन्। यस्तै एसपी कार्की पनि घटनास्थल जाँदैछन्। महिलाको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। सेतोपाटी

२०८० माघ १५, सोमबार प्रकाशित 0 Minutes 151 Views

ताजा समाचार