काठमाडौं । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभाका केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्यूरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो। ब्यूरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्यूरो स्रोतले जनाएको छ। एक युवतीले उनीविरूद्ध साइबर ब्यूरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्। सेतोपाटी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



