२०८३ असार १७ बुधबार

काभ्रेमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

काठमाडौं । काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।

पुस २७ गते राति पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित प्लटिङको झाडीमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका काभ्रे प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र अकौलियाले जानकारी दिए।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक  र एक किशोर छन्।

उनीहरू मजदुर हुन्। पीडित युवती पनि उनीहरूसँगै काम गर्थिन्। त्यस दिन काम सकेर मदिरा सेवन गरेर घर फर्किने क्रममा उनीहरूले ती युवतीलाई बलात्कार गरेका थिए। ‘सँगै काम गर्न जाँदा मदिरा सेवन गरेर सामूहिक बलात्कार भएको अनुसन्धानमा खुल्न आएको छ,’ प्रहरी निरीक्षक अकौलियाले भने।

आफूमाथि बलात्कार भएको हल्ला गाउँभरी फैलिएपछि युवती आत्महत्या प्रयास गर्दैगर्दा गाउँलेले बचाएका थिए। त्यसपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो।

अहिले आरोपीहरूलाई पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक अकौलियाले जानकारी दिए। सेतोपाटी

२०८० माघ ३, बुधबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।