काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।
दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् ।

इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् । ‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनुभएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने ।
उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ । अनलाइन खबर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



