२०८३ असार १७ बुधबार

दोहोरी साँझ गएका पुरूषको कुटपिटबाट मृत्यु भएको घटनामा ६ जना पक्राउ

धनगढी । कैलालीमा दोहरी साँझ गएका युवकको कुटपीटबाट मृत्यु भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पुस २५ गते कैलालीको अतरिया बजारको एक दोहोरी साँझ गएका कञ्चपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका ४२ वर्षीय श्याम देउजा भोलिपल्ट (पुस २६ गते) घाइते अवस्थामा घर पुगेका थिए।

परिवारले उपचारका लागि निसर्ग अस्पताल पुर्‍याएकोमा सोही दिन उनको मृत्यु भएको थियो। उनको मृत्युपछि परिवारले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।

सोही जाहेरीको आधारमा ६ जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। परिवारले दोहरी साँझमा संगै गएकाहरूले उनलाई कुटपिट गरेको आरोप लगाएका छन्।

मृतक देउजाको शरिरको विभिन्न भागमा निलडाम र घाउ छन्। प्रहरीका अनुसार शवको आइतवार पोष्टमर्टम गर्ने तयारी गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिए। सेतोपाटी

२०८० पुष २९, आईतवार प्रकाशित 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।