२०८३ असार १७ बुधबार

३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

२३ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाको जावलाखेलमा इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

ललितपुर उपमहानगर–५ जावलाखेलस्थित स्टील टावरको पछाडि एक घरको कम्पाउण्डमा रुख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘इनार नजिकै रुख रहेछ, इनारको ढक्कनमाथि लड्दा सिधै तल खसेछन्, रुख भएका घरधनीले तत्काल खबर गरेपछि हामीले उद्धार गर्न सकेका हौं ।’

हाछेथुका अनुसार इनारमा ३ फिट मात्रै पानी रहेछ । सापकोटालाई बन्जी जम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए ।

‘उहाँको पिठ्युँ र पछाडिको भागमा चोट लागेको छ । उपचारका लागि पाटन अस्पताल पुर्‍याइएको छ । अस्पतालले उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ,’हाछेथुले भने । अनलाइनखबर

२०८० पुष २३, सोमबार प्रकाशित 0 Minutes 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।