२०८१ बैशाख १४ शुक्रबार

सरोकारवालाहरुको गुनासो सडक सानो भयो, ठेकदार भन्छन्-‘जे गर्ने भनिएको त्यही गरिएको छ’

धुलाबारी । धुलाबारी —भद्रपुर सडकखण्ड अन्तरर्गत निर्माणाधिन ९ किलोमिटर कालो पत्रे सडक साँघुरो भएको सरोकारवालाहरुको गुनासो रहेको छ ।

साविकको सडक भन्दा अझ साँघुरो बनाईकोमा स्थानीयले बिरोध गरेकाछन् । साविक ४२ फुटको सो सडक अहिले कालोपत्र गर्दा घटाएर २८ फुट बनाईएको स्थानीय सरोकारवालाहरुको आपत्ति भएको हो । मेचीनगर नगरपालिका वडा नं १० पूर्व वडाअध्यक्ष सुवेशकुमार पनेरुका अनुसार साविक भन्दा बाटो अझ सानो भएको र सडक बनाउँदा आफ्नो जग्गा दिन तयार रहेका स्थानीयको कुरा समेत सम्बन्धि पक्षले नसुनेको उनको गुनासो छ । यस विषयमा सो सडक निमार्ण कम्पनी हिमदुङ्ग एण्ड थोकर सरोजजेवीका प्रोजेक्टर ईन्र्चाज सुर्यप्रसाद अधिकारी आफुहरुले स्टमेटमा उल्लेख भए अनुसारको काम गरेको बताउँछन् ।

१ नं प्रदेश सरकारको योजनामा परेको यो सडक निमार्णको दुरी ९ किलो मिटर रहेको छ भने निमार्ण ठेक्का रकम २३ करोडको लागत रहेको छ । ठेकदार कम्पनीका अनुसार ९ किलो मिटर मध्ये ६किलो मिटर सडकको चौडा २८ देखि ा२९ फुटको रहेको छ भने ३किलो मिटर सडक २२ देखि २३ फुट चौडाको रहने उल्लेख गरिएको छ । स्थानीय भोजराज कोइरालाका अनुसार साविकको भन्दा पनि कालो पत्रसहितको सडक निमार्ण गर्दा साविक भन्दा बाटो अझ फराकिलो र चौडा बनाउनुपर्ने जनआवाजलाई कसैले नसुनेको उनको गुनासो रहेको छ । कोइरालाका अनुसार बढ्दो सवारी साधनको चाप, शहरीकरण र भविष्यलाई समेत ध्यानमा राखेर साविक भन्दा सडक अरु फराकिलो बनाउने पर्नेमा अझ सानो हुनु कतै कसैको सेटिङ्ग त छैन उनी आशंका गर्छन् ।

मुख्य गरेर धुलाबारी बजार क्षेत्र र बजार आसपास क्षेत्रका नागरिकले सडक सानो भएकोमा गुनासो गरेकाछन् भने यही सडक खण्ड अन्तरर्गत ज्यामिरगढी क्षेत्रका नागरिकको गुनासो भने ठिक विपरित रहेको छ । ज्यामिरगढीका स्थानीय चन्द्र घोरसाँई भने आफ्नो क्षेत्रमा सडक फराकिलो बनाउन निजि संरचना भत्काइएकोमा गुनासो गर्छन् ।

उनका अनुसार धुलाबारी क्षेत्रका एउटै सडक निमार्णमा बाटो सानो बनाएर संरचना जोगाएको र ज्यामिरगढी क्षेत्रमा भने बाटो फराकिलो बनाउने नाममा संरचना भत्काएको उनी आरोप लगाउँछन् । पहुँचवालाको जोगाउन बाटो सानो बनाएको र बोल्न नसक्नेको संरचना भत्काएको उनले गुनासो गरेकाछन् । मेचीनगर १५का प्रदिपकुमार थापाका अनुसार सडक निमार्णका लागि आफुले घरको पर्खाल समेत तोडेको र जसका लागि करिब ५ लाख नोक्सान भएको तर बजार क्षेत्रमा बाटो सानो बनाएर संरचना जोगाएको उनको आरोप छ । थापाका अनुसार पहिला सडक फराकिलो बनाउनका लागि ४४ फुट बाटो छोड्दा आफुले नोक्सान खपेर पनि पर्खाल भत्काउनु परेको तर बजारका घर जोगाउने कार्यले आफु चकित परेको उनको भनाई छ । शहीद मार्गका नाममा रहेको यो सडक एकिकृत कार्यमूलक योजना अन्तरर्गत रहेकाले साविक मापदण्ड भन्दा सानो बनाउन नमिल्ने बताउँछन् निमार्ण क्षेत्रका जानकारहरु ।यो सडकले धुलाबारी बजारदेखि भद्रपुर हुुदै भारतको दक्षिण सिमा बिहार जोडेको छ । यो सडक निमार्ण सम्पन्न हुनका लागि करिब २० प्रतिशत मात्र कार्य रहेको ठेकदार कम्पनीले जनाएको छ । बढ्दो शहरीकरण, सवारी साधनको चाप र कलकारखानाहरुको स्थापनासँर्ग दिर्घकालिन सोचका साथ सडक साविक भन्दा फराकिलो हुनपर्ने स्थानीयको जिकिर छ ।

२०७९ पुष २१, बिहीबार प्रकाशित 0 Minutes 406 Views

ताजा समाचार