२०८१ बैशाख १४ शुक्रबार

युएई गएका झापा कचनकवलका आदेश एक वर्षदेखि सम्पर्कविहीन

झापा । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका झापाका एक युवक विगत एक वर्षदेखि सम्पर्कविहीन बनेका छन् ।

चार वर्षअघि युएई गएका कचनकवल गाउँपालिका–३ स्थित डागीवारी निवासी ३७ वर्षीय आदेश माझी एक वर्षदेखि परिवारजनसँग सम्पर्कविहीन बनेका हुन् ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण आदेश २०७५ सालमा युएई उडेका थिए । ‘श्रीमान् तीन वर्षसम्म नियमित सम्पर्क हुनुहुन्थ्यो,’उनकी श्रीमती वनिताले भनिन्, ‘तीन वर्षमा ६० हजार मात्र पैसा पठाउनुभयो, गत माघदेखि एकाएक उनी सम्पर्कविहीन हुनुभयो ।’

बिर्तामोडका म्यानपावर व्यवसायी तुलसी श्रेष्ठमार्फत युएई गएका श्रीमान् त्यहाँ चाइना स्टन कम्पनीमा लिफ्ट अपरेटरको काम गएको उनले बताइन् । सम्पर्कविहीन भएका श्रीमानको खोजी गरिदिन उनका श्रीमती वनिताले सम्बन्धित निकायसँगै विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् ।

आदेशको घरमा हाल श्रीमतीसँगै दुई छोरा र एक छोरी रहेका छन् । श्रीमान् नहुँदा वनितालाई छोराछोरी हुर्काउन समस्या परिरहेको छ । वनिता घरपरिवार चलाउन ज्याला मजदुरीको काम गर्दै आइरहेकी छन् ।

२०७९ पुष २१, बिहीबार प्रकाशित 0 Minutes 169 Views

ताजा समाचार