२०८१ बैशाख ८ शनिबार

नृत्यमा हिमालयन इंग्लिस एकाडेमी प्रथम

मेचीनगर, १८ पुस । हिमालयन इंग्लिस एकाडेमी धुलाबारी नृत्य प्रतियोगितामा प्रथम भएको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको २४ औँ वार्षिक उत्सव कार्यक्रमद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा मेचीनगरका सबै संस्थागत विद्यालयलाई पछि पार्दै नृत्य प्रतियोगितामा हिमालयन पहिलो भएको हो ।

प्रतियोगी विभिन्न शैक्षिक विधाहरुमा हिमालयनले भाग लिने गरेको छ । ती विधामा हिमालयनले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । हिमालयनले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप केन्द्रित गतिविधिलाई प्राथमिकतामा राखेको छ ।

हिमालयनले नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक सविन पौडेलले बताए । उनले विद्यार्थी, नृत्य निर्देशक र नृत्य प्रशिक्षकको कडा मेहनतका कारण उपलब्धी हासिल गर्न सकिएको बताए ।

२०७९ पुष १८, सोमबार प्रकाशित 0 Minutes 1134 Views

ताजा समाचार