२०८१ बैशाख १३ बिहीबार

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने, प्रस्ताव आए सोच्न सकिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) तत्काल सरकारमा नजाने भएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो ।    तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेका छन् ।

“सरकारमा तत्कालै जानुहुँदैन भन्ने छ । साँच्चै आवश्यकता महसुस गरेर उहाँहरूले प्रस्ताव गर्नुभयो भने सोच्न सकिन्छ । तर, बजारमा चलेको हल्लाजस्तो सरकारमा जाने हाम्रो तयारी छैन,” एक पोलिटब्युरो सदस्यले भने ।

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआएर सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए ।

२०७९ पुष १८, सोमबार प्रकाशित 0 Minutes 285 Views

ताजा समाचार