२०८१ बैशाख १३ बिहीबार

एकीकृत समाजवादीमा सरकारमा जानुपर्ने दबाब : आज निर्णय गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गर्ने भएको छ । त्यसका लागि पार्टी पोलिटब्युरोको बैठक बोलाइएको छ ।

पोलिटब्युरोको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए । केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएको नेताहरूले बताएका छन् ।

स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट निर्णय गर्ने तयारी छ । केही सदस्यले सरकारमै सहभागी हुनुपर्ने भन्दै दबाबमूलक धारणा राखेपछि नेतृत्वलाई निर्णय लिन सकस भएको हो । यद्यपि, सरकारमा सहभागिताका लागि प्रस्तावै नआएको नेताहरूले स्पष्ट पारेका छन् ।

पुरानो पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा छ । अहिलेको सातदलीय गठबन्धनलाई सघाउनुपर्ने आवाज पार्टीभित्र चर्को छ ।

२०७९ पुष १८, सोमबार प्रकाशित 0 Minutes 316 Views

ताजा समाचार