२०८१ आश्विन ४ शुक्रबार

सडकबाटै सरकार र चिया व्यवसायीलाई मजदुरकाे चेतावानी: तत्काल माग कार्यन्वयन नगरे बगान बन्द गर्ने

मेचीनगर, २० साउन । मजदुरको पारिश्रामिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै चिया मजदुरहरु आन्दोलित बनेका छन् ।

मजदुरहरुको आन्दोलन काँकरभिट्टामा सम्पन्न भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रबाट आएका मजदुरहरुले  काँकरभिट्टाको सडकमा नारा लगाइरहेका छन् । ‘न्युनतम पारिश्रामिक वृद्धि गर’ ‘पत्ती डबली वृद्धि गर’ ‘रोजगार सम्झौता लागु गर’ लगायतका नारा लगाइरहेका सयौँ मजदुरहरुको आन्दोलनले काँकरभिट्टा अस्तव्यस्त बनेको छ ।

‘विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक बढेको छैन, जसका कारण हाम्रो पारिश्रामिक बढाउनुपर्ने माग राखेर हामी आन्दोलनमा छौँ,’ आन्दोलनमा सहभागी भुपाल सापकोटा भन्छन् ‘सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायत हाम्रो प्रमुख माग हो ।’

उनका अनुसार अहिले चिया मजदुरहरुले ४ सय ३५ रुपैँया मात्रै पारिश्रामिक पाउँदै आएका छन् । ‘उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्छ,’ उनी भन्छन् ।

भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्ने यसअघि नै निर्णय गरिसकेको बताउँदै उनी भन्छन् ‘त्यसकै दबाब स्वरुप यो आन्दोलन गरेक हौँ, भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्छौँ ।’

आन्दाेलनमा चिया मजदर नेता दिपक तामाङ, सन्त बहादुर राई, सहिकुमार र यज्ञ प्रताप अधिकारीले सम्बाेधन गरेका थिए।

२०८० श्रावण २०, शनिबार प्रकाशित 0 Minutes 335 Views

ताजा समाचार